थप जान्नुहोस्
हाम्रो बारे
हाम्रो बारे
गौ संरक्षण अभियान
हिन्दु राष्ट्रको रुपमा संसारभरि नै विख्यात भइसकेको हाम्रो देश नेपाल सनातान देखि नै एउटा गौ रक्षक देश हो त्यहि भएर हामी नेपाली लाई संसारमा गोरखालीको रुपमा पनि चिनिन्छ। यहि देशको माटो बाट उत्पन्न भएको हाम्रो हरेक धर्म शास्त्र हरुमा वेद, महाभारत,रामायण, पुराण आदिमा पनि गौ रक्षा नै हाम्रो मुल उद्देश्य रहेको कुरा व्याख्या गरिएको छ। यहि पुण्य भुमीमा ऋषिमुनीहरुले तपस्यामा अनिवार्य गाईको पनि सेवा गर्दै ब्रम्ह ज्ञान प्राप्त गरेको कुरा शास्त्रहरुमा उल्लेख गरिएको छ ।
यति मात्र नभएर हाम्रो राजा महाराजाहरु जस्तै राजा दिलीप आदिले गाई कै सेवा गरेर धन, पद, पुत्र प्राप्त गरेको कुरा शास्त्र हरुमा वर्णन गरेको पाइन्छ। हाम्रा धर्म शास्त्र मा एउटा जनावरलाई माताको रुपमा पुजिने र गवत र गोबरलाई परम पवित्र मान्नुको पछाडिकुनै सामान्य कुरा नभएर एउटा रहस्य लुकेको छ। भगवान शिव स्वयम्गोरखनाथको अवतार लिएर गाईको संरक्षण गर्नु भएको थियो भने स्वयम् भगवान नारायण श्री कृष्णको अवतार लिनुभएर एउटा गोठालोको जीवन यापन गर्नुभएको कुरा हामीले पुराणहरुमा प्रस्सतै उल्लेख गरेको पाउदछौ । आयुर्बेद शास्त्रमा पनि गाईको महत्वको बारेमा उल्लेख गरेको पाईन्छ ।
गौ माता मानव कल्याणको लागि मात्र नभएर सिङ्गो प्रकृतीकै रक्षकको रुपमा रहेकि छिन् ।यति मात्र नभभएर अहिले जति पनि प्राकृतिक प्रकोप मध्य भुकम्पको मुख्य कारण पनि गौ हत्या नै रहको कुरा भारतका विश्व प्रख्यात वैज्ञानिक डाक्टर मदन मोहन बजाजले पुस्तकमा उल्लेख गरेका छन् । त्यसतै विश्व प्रसिध्द वैज्ञानिक आइन्टाइनको पेन वेभ थेवरीमा पनि यहि कुरा उल्लेख गरको पाइन्छ।गाई नै सर्वपरिरुपमा मानव कल्याणको लागि रहेको र गाईको माध्यम बाट स्वरोजगार संगै स्वास्थयको मौ लिक परम्परा समाजमा पुन स्थापना गर्ने उदेश्य यश अभियानको रहेको छ ।
सर्भे भवन्तु सुखीनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा काश्चिदुःखभाग्जन ।।
गौ माता प्राणी होईन प्राण हुन्, जनावर हैन् ज्यान हुन् ।
उद्देश्य
संकल्प
लक्ष्य
शुभ चिन्तक
हाम्रो सहयोगी


