भत्कियो दमौलीको सहिदगेट

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो । मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । नेकपा (माओवादी) केन्द्रले उक्त सहिदगेटको निर्माण गरेको थियो । सहिदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा […]

वीपी प्रतिष्ठानमा विद्यार्थीबीच झगडा, शिशा प्रहार गरेपछि तीन तलाबाट खसेर एक गम्भीर

धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार छात्रावास विद्यार्थीबीच झगडा भएको थियो । त्यसक्रममा एकजना तीन तलाबाट खसेर गम्भीर घाइते भएका छन् । डिएसपी नवराज मल्लका अनुसार सिन्धुलीका २२ बर्षीय विद्यार्थीले अर्का एक विद्यार्थीलाई शिशाले प्रहार गरेका थिए । त्यसपछि शिशा प्रहार गर्ने ती […]

संसदीय सुनुवाई बिषेश समितिको बैठक सुरु

काठमाडौँ। संसदीय सुनुवाई बिषेश समितिको पहिलो बैठक सिंहदरबारमा शुरु भएको छ ।समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकलाई सभामुख देबराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गर्नुभएको छ ।सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरु रहेका कारण यसले आफ्नो जिम्बेवारी कुशलतापूर्वक निर्वाह गर्ने बिश्वास ब्यक्त गर्नुभयो । प्रधानन्यायधीश नियुक्ती […]

बाँकेका वन हेरालु भन्छन्- ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

जानकी । “हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको । उमेरले ५६ वर्ष लागेका उनले भने, “पहिला-पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो लाग्थ्यो । तर […]

संसदबाट आगामी बर्षको बजेट पारित

 काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै छन् ।यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम […]

घटेन नवजात शिशुको मृत्युदर

१४ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताभित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम चलाइरहे पनि नवजात शिशुको मृत्युदरमा कमी ल्याउन भने नसकेको पाइएको छ । ५ वर्षमुनिका बालबालिका तथा १ वर्षसम्मका शिशुको मृत्युदर बिस्तारै घट्दै गए पनि नवजात शिशुको मृत्युदर अझै पनि उच्च छ । दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार […]

‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई

काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कँुवरको ‘मयूरी चाल’ बनेको छ । यसले […]

आम माफी पाएर कारागार मुक्त भए रेशम चौधरी

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद […]

अब्बल बन्दै सामुदायिक विद्यालय

दुलेगौडा । सामुदायिक विद्यालयमा आफ्नो बालबालिका पढाउने अभिभावकहरु बढ्दै जान थालेको पाईन्छ । एक समय निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विच विभेद नै देखिन्थ्यो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुन्छ भन्ने आम बुझाईलाई चिर्दै तनहुँमा केही विद्यालय गुणस्तर वृद्धीमा लागेका छन् । उत्कृष्ट नजितालाई आधार बनाएर जिल्लामा पञ्चमुनीदेव […]

‘हिस्टुन शुक्लागण्डकी’ गठन

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका अन्तरर्गत रहेका माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरु संगठित भएका छन् । साविकको उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरुको हकहित स्थापना तथा संरक्षण गर्न संगठन ‘हिस्टुन शुक्लागण्डकी’ निर्माण गरिएको कोषाध्यक्ष रोशन हमालले जानकारी दिए । समितिको अध्यक्षमा रामचन्द्र घिमिरे, उपाध्यक्षमा राजन कार्की, सचिवमा जुनमाया कार्की, कोषाध्यक्षमा हमाल […]

नदीले बगाएका सुकबहादुर भेटिएनन्

दमौली । मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका तनहुँको भानु नगरपालिका बलिफाँटाका सुकबहादुर नेपालीको शव भेट्टाउन सकिएको छैन । शनिबार सतदेवि मन्दिर निर्माणका लागि श्रमदान गर्न हिडेका नेपाली पौडी खेल्ने क्रममा बेपत्ता भएको थिए । तत्काल सुचना प्राप्त हुनासाथ निजको खोजतलासको लागी प्रहरी चौकी पुर्कोट तनहुँ, ईलाका प्रहरी कार्यालय भानु तनहुंबाट प्रहरी निरीक्षक […]

तनहुँमा फेरि समातिए लागुऔषध कारोबारी

दमौली । मुग्लिन पुलजिपमा खटिएका तनहुँ प्रहरीले आईतबार लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका ४ बेनिटारमा रहेको अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरीले १४४ एम्पुल लागुऔषध सहित बन्दिपुरका पूर्णकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ९७२० नम्वरको बसमा आउदै गरेको श्रेष्ठको साथबाट ४८ एम्बुल फेनारागम, […]

डेङ्गुबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला […]

अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर

१४ जेठ, काठमाडौं । अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँचबाहिर रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म ९५ प्रतिशत जनसंख्यामा मात्र विद्युतको पहुँच पुगेको छ । हालसम्म जडित विद्युत क्षमता भने २०७९ असारको तुलनामा २१.७ प्रतिशतले बढेर २६ सय ६६ मेगावाट पुगेको छ । ऊर्जा उत्पादनमा भएको वृद्धिले विद्युत, ग्याँस, वाष्प र […]

‘विश्व अर्थतन्त्रमा आएको मन्दीको मार नेपालमा पनि’

१४ जेठ, काठमाडौं । विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ । आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । जसका कारण चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने सरकारको अनुमान छ । मागमा आएको कमीले स्रोत व्यवस्थापनमा पनि दबाब सिर्जना […]

सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो […]

गर्मी बढेसँगै बिरामी बढे, रगतको अभाव

चितवन । जिल्लामा गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अपिल प्रकाशित गरी रक्तदान गर्न आह्वान गरेको छ । शाखा सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताललगायत निजी […]

नारायणगढ-बुटवल सडक विस्तारले मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् । नारायणगढ-बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी […]