गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री हिक्मत कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निणर्य गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निणर्य गरेको हो । जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाको सरसफाइ गर्ने, […]
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसले देशभर बदली रहनुका साथै अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूणर्तया बदली रहेको छ । सुदूरपश्चिम, कणर्ाली, […]
भरतपुर अस्पतालतमा प्रसुति सेवा लिने महिलालाई दुईहजार यातायात खर्च

चितवन । भरतपुर अस्पतालमा प्रसूति सेवा लिने महिलालाई यातायात खर्च बापत दुई हजार रुपैयाँ दिन शुरु गरिएको छ । सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका अनुसार उक्त रकम दिन शुरु गरिएको हो । अस्पतालले जेठ १ गतेदेखि प्रसूति लिएका महिलालाई जनही दुई हजार रुपैयाँ नगद दिन थालेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी […]
हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

महेन्द्रनगर। कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन् । “बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर घाइते भएका हुन्”, जिल्ला प्रहरी […]
ढोरपाटनका मेयर २ वटा सहकारीका अध्यक्ष, २ अर्ब अपचलन

सहकारी संचालन गरेको पाइएको छ। पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्कविहिन भएपछि पीडित बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। सोही निवेदनका आधारमा नेपालीलाई विदेश जान नदिन गृह मन्त्रालय […]
गण्डकीका सांसदको खर्च:५ महिनामा २१ बैठक बसे, ३ करोड सके, कसले कति लिए ?

पोखरा । गण्डकी प्रदेश सभामा गत मंसिरमा निर्वाचित भएका ६० जना सांसदको कार्यकाल पुस १४ गतेबाट सुरु भयो । मंसिर पहिलो साता निर्वाचित भए पनि सपथ भएपछि मात्रै उनीहरुको कार्यकाल सुरु भएको हो । सपथ हुनु कार्यकाल सुरु हुनु र पारिश्रमिकको गणना थालनी हुनु पनि हो ।कार्यकाल सुरु भएको ५ महिनामा अर्थात १५० दिनमा उनीहरुले […]
देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य मञ्जु खाणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर भेटेकी छन् । उनले देउवासँग शरणार्थी प्रकरणमा आफ्नो श्रीमानलाई पार्टीले बचाउ नगरेको भन्दै आक्रोश पोखिन् । बालकृष्ण पक्राउ परेपछि सम्पर्कविहीन बनेकी मञ्जु गत शुक्रबार मात्रै सार्वजनिक भएकी हुन् । प्रहरीले नक्कली भुटानी […]
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]
विश्वकप छ्नोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा जिम्बावेसँग खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अर्को महिनादेखि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह (ए) मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा […]
वन मन्त्रीमा महतो नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेका छन् । राष्ट्रपति पौडेलले आज वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरी कार्यभार तोकेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी […]
आजबाट काठमाडौंमा ‘सम्पदा बस’ सेवा सुरु हुँदै

काठमाडौं । आज देखी काठमाडौं उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ । काठमाडौं उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजबाट ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेको हो । नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरूमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ […]
कृत्रिम खुट्टाको भरमा सगरमाथा चढेका हरिको भव्य स्वागत, मन्त्री किराँती पनि विमानस्थल पुगे

काठमाडौं । सगरमाथा चुचुरो टेकेर आएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमाएका मगरको सम्मानमा विमानस्थलमा सयौं भेला भएका थिए । वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेका हुन् । […]
हावाहुरीले कागती खेती नष्ट

तनहुँ- केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका-१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको उनले जानकारी दिए । उनका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती […]
हेलिकप्टरबाट सुत्केरीको उद्दार

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ उकुकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उकुकी २७ वर्षीया पुष्पा महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । आइतबार गाउँकै स्वाथ्य चौकीमा महराले बच्चा जन्माएकी थिइन् । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएकाले सोमबार आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो । […]
पोखरा मोटरसाइकल दुर्घटनाः काठमाडौंका एक युवाको मृत्यु, एक घाइते

कास्की- पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन् । आज विहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । चालक तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ […]
लक्ष्मी बैंक र सनराइज बैंक मर्जर हुँदै

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ ।सोमबार लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ अनुपाल १ को स्वाप रेसियोमा मर्ज हुने जनाइएको छ । भने, […]
बजेट अभावमा पूरा हुन सकेन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

चितवन। चितवन उद्योग सङ्घले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन । विसं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण सुरु गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण अहिलेसम्म पूरा हुन नसकेको हो । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलमा […]
नीति तथा कार्यक्रममाथिको छलफल जारी: राष्ट्रियसभामा प्रधानमन्त्रीले आज जवाफ दिदै

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । प्रतिनिधिसभामा आइतबारदेखि सुरु भएको छलफल आज पनि जारी रहने छ । प्रतिनिधिसभामा २० सांसदले नीति तथा कार्यक्रममा संशोधनको प्रस्ताव दर्ता गराएका छन् । साथै राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि छलफल जारी नै रहनेछ । आज दिउँसो […]