खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका-१ घर भई खाँदबारी-१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका-१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा […]
जंगली च्याउ खादा विरामी

दमौली । तनहुँको व्यास नगरपालिकामा जंगली च्याउ खाएर एकै घर परिवारका तीन जना विरामी परेका छन् । व्यास ५ चिन्तुटारका सुकबहादुर तामाङ, मिन माया तामाङ र थमन तामाङ विरामी च्याउ खाएर विरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । उनीहरुलाई दमौली अस्पतालमा ल्याएर उपचार गरिएपनि विरामी मध्येका सुकबहादुरलाई थप उपचारका लागि पोखरा लगिएको […]
तातोपानी नाकामा व्यवसायीका दुःख, दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

काठमाडौँ । नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो । तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरुले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन् । पछिल्लो समय सडकको दुरावस्थाका […]
अव्यवस्थित बसोबासको समस्या हल नहुँदा सम्पन्न भएन वागमती करिडोर

काठमाडौं।निर्माण सुरु भएको साढे दुई दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन । सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्र्याक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्र्याक खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले बताए । बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै खुलेको […]
मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको मङ्गलबार आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको हो । उनले लामो समय विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पुर्याएको बताए […]
बारपाक-लाप्राक सडकखण्डको काम समयमै नसकिँदा स्थानीयलाई सास्ती

गोरखा- ठेक्का लागेको बारपाक-लाप्राक सडकखण्डको काम समयमै नसकिँदा स्थानीयले सास्ती व्यहोर्न बाध्य छन् । बारपाकदेखि गुप्सीपाखास्थित लाप्राक नयाँ बस्तीसम्मको १३.१४ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७७ जेठ ९ मा ठेक्का लागेको थियो । गत जेठ २२ भित्र निर्माण सक्ने गरी ठेक्का लागेको सडकको हालसम्म ४८ प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति छ । समयमै ठेकेदारले […]
वनभोज खान गएका दुई युवतीको डुबेर मृत्यु

बाँके । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका-४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज […]
बालबच्चालाई किन धेरै रिस उठ्छ ?

काठमाडौं । स-साना कुरामा बच्चाहरु रिसाइरहेको हामी देख्छौं । आफूले भनेको सानो कुरा पाएनन् भने पनि उनीहरु रिसाइहाल्छन् । बच्चाहरु सानो कुरामा रिसाउने मात्रै नभई सानै कुरामा खुसी पनि भइहाल्छन् । बालबच्चामा वयस्कको तुलनामा संवेग पनि सजिलै देखिन्छ । बच्चालाई आफ्नो भावना कसरी अभिव्यक्त गर्ने भनेर थाहा हुँदैन, जसकारण उनीहरुले आफ्नो कुरा राम्रोसँग बुझाउन सक्दैनन् […]
अनलाईनबाट नावालिका फसाउने युवा पक्राउ

पोखरा । नाबालिकालाई सामाजिक सञ्जालको प्रयोग गरि अस्लिल क्रियाकलाप गर्न बाध्य पार्ने युवा पोखराबाट पक्राउ परेका छन् । इस्न्यास च्याट र भाइबर मार्फत नाविकालाई भिडियो कल गरि अस्लिल कुराकानी र भिडियो च्याट गर्न दवाव दिने पोखरा १९ पुरनचौरका १९ बर्षीय मनिष भुजेल पक्राउ परेका हुन् । उनले विभिन्न प्रलोभनमा पार्न खोज्ने, अस्लिक हर्कत गर्न नमाने […]
रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको अवस्था चिन्ताजनक

११ जेठ, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिए । सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर […]
नेपाल दुःखी देशहरुको सूचीमा ६३ औं स्थानमा

काठमाडौं । नेपाल दुःखी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले यस्तो देखाएको हो । नेपाल ३७. १८ अंक पाएर दुःखी देशहरुको ६३ औं सूचीमा परेको छ । सर्वेक्षणले दुःखको प्रमुख कारण बेरोजगारी देखाएको छ । यस्तै २०२२ मा शीर्ष १ ‘सबैभन्दा खुसी’ देशहरू स्विट्जरल्याण्ड, कुवेत, […]
आदिकवि व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा

दमौली । तनहुँको व्यास नगरपालिका (१ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा निशा भण्डारी सर्वसम्मतरुपमा चयन भएकी छन् । सर्कलको तेस्रो अधिवेशन तथा साधारण सभाबाट भण्डारीलाई अध्यक्षमा चयन गरिएको हो । भण्डारी यसअघिको समितिमा द्धितिय उपाध्यक्ष रहेकी थिइन् । संस्थाको प्रथम उपाध्यक्षमा अभिषेक चापागाई , द्धितिय उपाध्यक्षमा रोजिना श्रेष्ठ, सचिवमा प्रविन […]
कसरी गर्ने एन्जाइटी नियन्त्रण ? यस्ता छन् ८ उपाय

हरेक व्यक्तिमा कुनै न कुनै तनाव त भइरहन्छ । तर तनाव लामो समयसम्म रहन्छ र दैनिकीमा नै असर गरिरहेको हुन्छ भने एन्जाइटीसमेत गराउन सक्छ । एन्जाइटी हुँदा व्यक्तिमा अनायास भय पैदा हुनु, मुटुको धड्कन बढ्नु, पसिना आउनु, हातखुट्टा काम्नु, छटपटी हुनु, टाउको दुख्नु, ग्यास्ट्रिक हुनु, आत्मविश्वास हराउनु र कमजोर अनुभव हुनुजस्ता लक्षण देखिन्छ । यसले […]
सुईखेतमा डुवान रोक्ने प्रयास

कास्की- पर्यटकीय नगरी पोखराको सुईखेतमा वर्षर्नी हुँदै आएको डुवान रोक्ने उद्देश्यका साथ यस वर्ष कार्य अगाडि बढाइएको छ । जस अन्तर्गत गण्डकी प्रदेश सरकारको सहयोगमा सुईखेत खोला नियन्त्रणका लागि तट्बन्धन निर्माण गरिएको छ भने सिँचाइ डिभिजन कार्यालय कास्की तथा पोखरा महानगरपालिकाले स्थानीय चौरासी नहरको क्षतिग्रस्थ स्थानलाई पक्की बनाउने काम गरिरहेका छन् । त्यस्तै सुईखेतको बीच […]
सप्तरीमा घाँटी काटिएको अवस्थामा युवकको शव भेटियो

राजविराज। सप्तरीमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरस्थित खेतमा सोमबार आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ । अन्दाजी २५ वर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । यस विषयमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको […]
रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन् । व्यास नगरपालिका-१ का मीनबहादुर दरैले मल आएपछि यसपाली त बालीनाली राम्रो हुने आशा जागेको बताए । ‘मल आएको छ भन्ने थाहा पाएपछि हतारमा अन्य काम छाडेर मल लिन दौडिएँ, कम नै भए पनि मल पाएपछि थोरै थोरै गरी हाल्ने र फसल लाग्ने बेलाको धान, […]
मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरियो

काठमाडौं । सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ ।सहिद लखन गाउँपालिका-२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिए । ‘मनकामनाको सुन्तला ग्राहकको पहिलो रोजाइमा पर्छ’, उनले भने, ‘सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचार-प्रसार […]
रोजगारी खोज्ने हैन आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी हुनुपर्छ: मन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् । बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने हैन आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी मुलुकको आजको आवश्यकता भएको बताए । बानेश्वर क्याम्पसबाट उत्पादित जनशक्तिले समाजमा पुर्याएको योगदान उल्लेखनीय […]