अधिकार माग्न गाउँपालिकाको दैलोमा अपाङ्ग व्यक्तिको धर्ना

अशोक विश्वकर्मा/म्याग्दे । अपाङ्गता भएकाहरुको पक्षमा कार्यविधी बनाउन गरेको सहमति गाउँपालिकाले तोडेको भन्दै तनहुँको म्याग्दे गाउँपालिकाको दैलोमा स्थानीय दिपक भण्डारीले धर्ना सुरु गरेका छन् । पूर्णरुपमा अपाङ्गता भएका भण्डारीले कार्यविधी बनाउन आनाकानी गरि आफुहरु जस्ता व्यक्तिको अधिकार हनन गरेको भन्दै दोस्रो पटक धर्ना सुरु गरेका हुन् । यस अघिसमेत आफुहरुको माग सम्वोधन नगरेको भन्दै गत […]

सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ईन्धनमा गरेको खर्चको चर्चा यति बेला सर्वत्र छ । सामाजिक सञ्जालमा नगरपालिकाले १० महिनामा मै झण्डै ७० लाखको डिजेल र पट्रोल खपत गरेको प्रमाण भेटिन्छ । नगरपालिकाले भने सामाजिक सञ्जालमा जस्तो खर्च वास्तविकतामा नभएको जनाएको छ । तनहुँ खबरसँग कुरा गर्दै नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले ‘सुशासन र समृद्ध शुक्लागण्डकीकाका लागि […]

शुक्लागण्डकीमा गुरुङ्ग र मगर समुदायको एकता

दुलेगौडा । शुक्लागण्डकी नगरपालिका गुरुङ र मगर समुदाय एक भएका छन् । बुधबार युवा नेता समेत रहेको मनराज गुरुङ्गको अध्यक्षतामा गुरुङ्ग मगर सांस्कृतिक एकता समाजको पुनर्गठन गरिएको हो । तीन दशक अघि स्थापना गरिएको यो सस्था केही समय निस्क्रिय रहेको थियो । दुलेगौडामा सम्पन्न एकता समाजको छैठौ अधिवेशनबाट गुरुङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । […]

भालुको आक्रमणबाट तनहुँमा एक जना घाइते

तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन्। आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको हो। आक्रमण लगत्तै भालु भागेको थियो । घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो। […]

आज मदन आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा आज जेठ ३ गते पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो । मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार विभाग […]

एस निकट पेन्सरहरुको माग : भ्रष्टचारीलाई कारवाही गर

दमौली । नेकपा एकिकृत समाजवादी निकट भूतपूर्व सैनिक तथा पुलिस संगठनले दमौलीमा सोमबार भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । संघठनले अनसन चोकमा आयोजना गरेको विरोध कार्यक्रममा नेपाली जनतालाई शरणार्थी बनाई तस्करी गर्नु निन्दनीय कार्य भएको भन्दै चर्काे विरोध गरेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, […]

खुशी साट्न युवा संघ वृद्धाश्रममा

दुलेगौंडा । नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले सोमबार विभिन्न कार्यक्रम सहित ३४ औँ स्थापना दिवस मनाएको छ । युवा संघ भिमाद नगर कमिटीले पोखरा महानगरपालिका ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रममा पुगेर खाद्यान्न सहयोग गरि स्थापना दिवस मनाएको थियो । भिमाद नगर कमिटीमा आवद्ध सदस्य तथा केन्द्रिय सदस्यहरु उज्वल खनाल, ईश्वर श्रेष्ठ लगायतको […]

पोखरा आउदै गरेको बस दुर्घटना : २७ जना घाईते

दुलेगौडा । काठमाण्डौबाट पोखरा आउदै गरेको यात्रुबहाक बस तनहुँको सिर्दीमा दुर्घटना हुदाँ २७ जना घाईते भएको छन् । पृथ्वीराज मार्ग अन्तर्गत व्यास ५ सिर्दीमा ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी […]

लागुपदार्थ कारोबार गर्ने तीन जना पक्राउ

दुलेगौंडा । पृथ्वीराज मार्ग हुदै लागुपदार्थ ओसार पसार गर्ने कारोबारीहरु तनहुँ प्रहरीको निशानामा पर्ने गरेका छन् । देशका विभिन्न स्थानबाट यो मार्ग हुदै लागुपदार्थ भित्र्याउने गिरोहलाई जिल्ला प्रवेशद्दार आँबुखैरेनीमा धमाधम पक्राउ गर्ने गरिएको छ । सोमबार विहान अस्थायी प्रहरी पोष्टमा खएिका प्रहरीले २४ किलो अवैध गाँजा सहित दुई महिला र ५९८ एम्पुल लागुपदार्थ सहित एक […]

वृद्धको सम्पती लुट्ने दुई युवा पक्राउ

दुलेगौँडा । बसोबास नभएको बन्द घरको ताला फोडेर तामा र चरेसका भाडा वर्तन चोर्ने तथा बृद्धलाई धम्काएर नगद लुटपाट गर्ने दुई युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । तनहुँको म्याग्दे गाउँपालिका २ रुमादीका ७५ बर्षीय शिवकुमार श्रेष्ठको घरको ताला फोडेर भाँडा चार्ने ब्यास ५ का समिर थापा र म्याग्दे १ का दुर्गाबहादुर विकले पक्राउ गरिएको […]

“आदिवासी भोक” लोकार्पण

काठमाडौँ । कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले लोकार्पण गरेका हुन् । लोकार्पण गर्दै कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता शास्त्र र दर्शन नभएको तर विचार भएको विधा […]

शोकमा सारथी बन्न भुजेल निवास पुगे भण्डारी

डुम्रे । दुर्घटना परी शोकमा डुबेका भुजेल समुदायको पीडामा सांसद भण्डारीले मलम लगाएका छन् । तनहुँ–२ बाट निर्वाचित भएको भएपनि सांसद भण्डारीले तनहुँ–१ मा पुगेर मलम लगाएपछि सबैले प्रशंसा गरेका छन् । सांसद भण्डारी उनिहरुको पिडमा मलम लगाउन उनी बिहीबार भुजेल गाउँमा पुगेका थिए । गत वैशाख २० गते बिहान ९।३० बजेको समयमा बन्दिपुर ५ […]

गण्डकीकाे अर्थमन्त्रीमा यसरी मारे जीतप्रकाशले बाजी

पोखरा । गण्डकी प्रदेशमा कांग्रेसबाट मन्त्री बन्न धेरै आकांक्षी थिए । सत्ता साझेदार माओवादीसँग भागबण्डा टुंगिदा पनि मन्त्रिपरिषद् ढिला हुनुको कारणै कांग्रेसभित्रका आकांक्षीको लर्को थियो । कास्कीका बिन्दुकुमार थापादेखि लमजुङका डा। टकराज गुरुङसम्म मन्त्री बन्ने दौडमा अन्तिमसम्म थिए । ७ सदस्यीय मन्त्रिपरिषद्‌‌मा मुख्यमन्त्री र एकजना मन्त्री कांग्रेसबाट सुरुमै भए । थप दुई मन्त्रालय पाउँदा धेरैले […]

नवनियुक्त अर्थमन्त्रीलाई सम्मानै सम्मान

दुलेगौँडा । गत शुक्रबार गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालय सम्हाल्ने गरि सपथ खाए लगत्तै गृह जिल्ला आएको मन्त्री जितप्रकाश आले अहिले सम्मान थाप्नमै व्यस्त छन् । मन्त्री बनेर अधिकाँशलाई सरप्राईज दिएका काँग्रेस सभापति आलेलाई जिल्लाका विभिन्न संस्था र ब्यक्तिले सम्मान गरेका छन् । शुक्रबार सपथ खाएर कार्यभार सम्हालेसँगै दमौली पुगेका मन्त्री आलेलाई प्रेस यूनियन तनहुँ […]

घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्बित

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका स्थित बेलचौताराको जनकल्याण माध्यामिक विद्यालयमा घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्वनमा परेका छन् । टिच फर नेपाल संस्था मार्फत स्वयंसेवक शिक्षकको रुपमा कार्यरत भेषबहादुर ठाडा मगरले कक्षा ९ का चार जना विद्यार्थीलाई घाईते हुने पिटेका थिए । होमवर्क नगरेको बहानामा १४ देखि ३८ पटकसम्म विद्यार्थीलाई पाईपले हिर्काएको खुल्न आएको छ […]

अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्यस्थल बन्दै नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् । सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । […]

तनहुँका सांसद गण्डकी सरकारको अर्थमन्त्री

दुलेगौँडा । नेपाली काँग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आले मन्त्री नियुक्त भएका छन् । काँग्रेस तनहुँले दिएको जानकारी अनुसार शुक्रबार सांसद आलेले अर्थ मन्त्रालय सम्हाल्ने गरि जिम्मेवारी पाएका छन् । तनहुँ २ (ख)बाट सांसद चयन भएका उनी सादगी नेताको रुपमा जनता माझ परिचित छन् । काँग्रेस नेतृत्वका सरकारमा नेकपा माओवादीको समर्थन […]

भिरबाट खसेर गुरुङको मृत्यु

दमौली ।  तनहुँको व्यास नगरपालिका–९, गजौडेका बर्ष ५९ को सुरेश कुमार गुरुङको भिरबाट लडेर ज्यान गएको छ । गत बैशाख १७ गते विहान घाँस काट्न भनी हिडेका गुरुङ घर नफर्किएपछि परिवारले हराएको भनी जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराएका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुकुर समेतको प्राबिधिक टोलीले खोजतलास गर्दा समेत गुरुङ फेला परेका […]