विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ । हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय लिजेन्डले फ्रेन्च क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) छोडेर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले […]

गाउँका नागरिकको स्वास्थ्यप्रति प्रवासीहरुको चासो

विन्दु वाग्ले । ग्रामिण बस्तीमा रहेको नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर तनहुँमा प्रवासी नेपालीहरुको एक संस्थाले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अध्ययन तथा रोजगारीको शिलशिलामा जापान पुगेका नेपालीहरुको संस्था फुकुओका नेपाल सोसाइटी (फुनेसो) को आयोजनामा भिमाद नगरपालिकाको किहुँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । गाउँका बहुसंख्यक मानिसहरु स्वास्थ्य समस्या हुदाँ समेत सहजरुपमा […]

‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

सावित्रा कोईराला/दमौली । तनहुँवासीले सिंचाइको अभावले खेती योग्य जमिन बाँझै रहने समस्या र नदी तथा खोलाको तटबन्धनमा वर्षेनी हुदै आएको क्षति न्यूनिकरणमा ध्यान दिन सरोकार वाला निकाय समक्ष माग राखेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना सफलता मिडिया प्रा.लिको सहजिकरणमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको सेवा प्रवाह र सञ्चालित योजनाका सम्बन्धमा […]

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले एसीसी क्रिकेट विजेता खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप […]

‘बैमानी’मा पुष्प र कविताको रोमान्स (भिडियो)

गायक पेम्बा लामाको स्वरमा ‘बैमानी’ बोलको गीत सार्वजनिक भएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। उदय सागरको शब्द रहेको गीतमा दिपक विश्वकर्माले संगीत भरेका हुन्। केशवराज भट्टले निर्देशन गरेको गीतको भिडिओमा अभिनेता पुष्प खड्का र कविता नेपालीलाई देख्न सकिन्छ। कोरियामा बसिरहेका पेम्बाको यो पहिलो गीत हो। ‘यो मेरो पहिलो गीत हो म निरन्तर […]

बुहारी बनेर तनहुँ आईन् चर्चित गायिका अस्मिता डल्लाकोटी

काठमाडौं । ‘मिल्छ भने विहेमा आइदिनु, जबरजस्ति दुई गाँस भोज खाइदिनु’, ‘मन परेको फुल खसेको तिम्लाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको’ रियालिटी शो दोहोरी च्याम्पियनमा गाएको यो टुक्काबाट चर्चा कमाएकी गायिका अस्मिता डल्लाकोटी  विवाह वन्धनमा बाँधिएकी छन् । तर, गीतको भावसँग उनको विवाहको कथा मिल्दैन । उनले माया गरेकै पुरुषलाई जीवनसाथीका रुपमा […]

शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

काठमाडौं । एट्ली निर्देशित शाहरुख खान अभिनित फिल्म ‘जवान’ घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो फिल्मलाई लिएर दर्शकमा चासो उत्तिकै बढेको छ । रिलिज नजिकिंदै गर्दा ‘जवान’ अब पूर्वनिर्धारित जुन २९ को मितिमा प्रदर्शनमा नआउने भएको छ । बलिउड हंगामाका अनुसार फिल्म रिलिजमा ढिलाइ हुने भएको छ […]

अष्ट्रेलियाका ४० शहरमा प्रदर्शन हुँदै ‘प्रसाद २’

नेपालमा सफल प्रदर्शन भैरहेको फिल्म ‘प्रसाद २’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ। यो फिल्म अष्ट्रेलियामा यही वैशाख २८ गतेबाट प्रदर्शन हुने भएको छ। नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले ‘प्रसाद २’को अष्ट्रेलिया प्रदर्शन गर्न लागेका हुन्। यी दुई कम्पनीले यसअघि फिल्म ‘प्रेमगीत ३’पनि अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन गरेका थिए। ‘प्रसाद २’ले अष्ट्रेलियाका स्थानीय हलहरुमा उच्च […]

गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

पोखरा। गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो । “लिफ्टिङ प्रविधिबाट […]

तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

दमौली । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको ९खोर० पासो प्रभावकारी बन्दै गएको छ।फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो। चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु […]

पूर्व गृहमन्त्री खाणको ध्यानाकर्षण

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफ्नाबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले आधारहीन, तथ्यहीन संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भनी समाचार सम्प्रेषण नगरी दिन सबैमा आग्रह गर्नुभएको छ । पूर्व गृहमन्त्री खाणले जाँदै नगएको स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत […]

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । मुलुकको पछिल्लो समसामयिक विषयमा उहाँहरूबीच छलफल भएको उहाँले बताउनुभयो । नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता जोडिएपछि […]

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान शीर्ष स्थानमा

काठमाडौं । पाहुना टोली न्युजिल्यान्डलाई चौथो एकदिवसीय अन्तराष्ट्रिय९ओडिआई० खेलमा घरेलु टोलीले सानदार रुपमा हराएको छ । कराँचीमा रहेको नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो जितसँगै घरेलु टोली आईसीसीको ओडिआई वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियालाई पछि पार्दै पाकिस्तान शीर्ष स्थानमा […]

पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा

 पोखरा । शनिबार हुने पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा भएको छ । शनिबार दिउँसो दुई बजेपछि पोखरा सभागृह हलमा कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ । यी मध्येमा वर्ष खेलाडी […]

माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्छौं : मिटरब्याज पीडित

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । काठमाडौंको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका छन् । उनीहरुले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् । सञ्चारकर्मीहरुसँग […]

आईएमएफको रिपोर्ट : नेपालमा खाद्य असुरक्षा बढ्यो, एक तिहाइ जनसंख्या प्रभावित

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०ले नेपाल कन्ट्री रिपोर्ट ९मे २०२३० सार्वजनिक गर्दै खाद्य असुरक्षा र जलवायु परिवर्तनको असर बढ्दै गएको जनाएको छ। आइएमएफले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा गरिबी र खाद्य सुरक्षालाई रेमिट्यान्सले केही हदसम्म भरथेग गरेको तथा जलवायु परिवर्तनको असर व्यवस्थापनमा उल्लेख्य प्रगति हुन नसकेको उल्लेख गरेको छ। खाद्य असुरक्षाबाट नेपालको एक तिहाइ जनसंख्या प्रभावित […]

दुधले बजार नपाउदाँ समेत भारतबाट आयात !

काठमाडौं । नेपाली किसानद्वारा उत्पादित दूधले बजार नपाइरहेको समयमा केही डेरी व्यवसायीले लुकीछिपी भारतीय दूध भित्र्याइरहेको पाइएको छ । केही डेरी व्यवसायीले नेपाल–भारत सीमा क्षेत्रमा चिलिङ सेन्टर खोलेर भारतबाट आउने दूध संकलन गरी काठमाडौंसम्म ल्याउने गरेको स्थानीयबासीको भनाइ छ । सर्लाहीका किसान विशेश्वर रायले नेपालको सीमा क्षेत्रमा भारतको झोल दूधमात्र नभएर प्याकेट पनि छ्यापछ्याप्ती पाउन […]

फोल्ड गर्न मिल्ने फोन आउदै

काठमाडौँ । गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन, पिक्सेल फोल्ड अनावरण गरेको छ। गुगलले अझै नयाँ पिक्सेल फोल्डको स्पेसिफिकेशन र मूल्य खुलाएको छैन। गुगलले ट्वीटरमा ुमे द फोल्ड बी विथ युु भन्ने वाक्यांशसहितको भिडियो टिजर पोस्ट गरेको छ। यससँगै गुगलले यो डिभाइस मे १० मा गुगल क्ष्रइ कार्यक्रममा लन्च गरिने पनि बताएको […]