कालिकोटमा जीप दुर्घटना हुदाँ दुईको मृत्यु

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका-२ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो । ग ३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए । […]

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

वालिङ। स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ । विश्व स्वास्थ्य […]

महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ ले सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण गरेको छ । गर्भवती महिलासहित अन्य समस्या भएकाहरूको घरमै पुगेर सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले ९ जना स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण गरिएको वडाध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हुमादेवी भट्टराई, मञ्जु […]

दलित जनप्रतिनिधी महासंघ गठन, शुक्लागण्डकीका राजु सचिव

दुलोगौडा । नेपालका ७५३ स्थानीय तहमा कार्यरत दलित समुदायका जनप्रतिनिधीहरुले ‘दलित जनप्रतिनिधी महासंघ’ गठन गरेका छन् । दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधीको भूमिका प्रभावकारी बनाउन काठमाण्डौमा गत बैशाख ७ र ८ गते सम्पन्न भएको भेलाले महासंघ गठन गर्ने निर्णय गरेको थियो । गत आईतबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा भएको दोस्रो भेला […]

प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने

काठमाडौं । ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो । अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् । […]

कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका-१ घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका-१० घर भई हाल काठमाडौं बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की रहेका […]

नेता रसाईलीलाई एमालेको महत्वपूर्ण जिम्मेवारी

दुलेगौँडा । नेकपा एमालेकी केन्द्रिय सदस्य तथा शुक्लागण्डकी नगरपालिकाकी निवर्तमान उपमेयर सविता रसाईलीले पार्टीको महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकी छन् । उनलाई नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र २ मा ईन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै तनहुँ जिल्लामा नेकपा एमालेको ईन्चार्जको जिम्मा नवलपुरका तिलक महत क्षेत्रीलाई प्रदान गरिएको छ । पूर्व सांसद तथा पार्टीका केन्द्रिय सदस्य समेत […]

बस दुर्घटनामा परि ८ जना घाइते

महोत्तरी । महोत्तरीको बर्दिबास ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक काठमाडौँबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नं को शिव शक्ति बस आज बिहान दुर्घटना हुँदा ८ जना घाइते भएको छन् । प्रहरीका अनुसार घाइते हुनेमा सप्तरी नर्वे ३ का ३० वर्षीय फूल कुमार पासवान, सिराहा नरहा १ का २४ वर्षे नागेश्वरी महतो, कल्याणपुर […]

गर्मीबढे सगैँ बिरामी बालबालिकाको सख्या बढ्यो

जानकी । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताए । ती मध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने […]

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

२४ जेठ, बनेपा। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका-९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो । सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका […]

गण्डकी प्रदेशमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

गण्डकी । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । प्रदेशभित्रका शैक्षिक संस्थाबाट सञ्चालन हुने प्राविधिक शिक्षाको विषय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कार्यान्वयन भएका विषय […]

तनहुँमा कृषकलाई मौरी पालनमा आकर्षित गर्दै घार वितरण

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी-४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको […]

भेटिएनन् अझैपनि सुनकोशीमा बेपत्ता ३ कर्मचारीहरु

सिन्धुली- सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेटृाउन सकिएको छैन । सिटिइभिटी का दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट […]

गर्मीबढे सगैँ खानेपानीको अभाव

पाल्पा । गर्मी मौसममा बढी मात्रामा खपत हुने पानी तानसेनमा हाहाकार भएको छ । खानेपानी उपभोक्ता समितिको कार्यकाल सकिएर अवैध हुँदा खानेपानीको समस्या झन बढ्दै गएको हो । तीन वर्षदेखि अवैध रुपमा सञ्चालित समितिको साधारणसभा तथा समिति चयन हुन सकेको छैन । समितिले चार वर्षदेखि साधारणसभा तथा अधिवेशन गर्न सकेको छैन । नयाँ समिति बनाउन […]

धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-८ मजुवा मा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । ५० वर्षका तिलकराज भेडियार र उनको श्रीमती निर्मला भेडियार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए । पशुपालन गर्दै आएका दम्पती को शव धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा गाउँ […]

घाँस काट्ने क्रममा बाढीले बगाएर एकको मृत्यु, एकजना घाइते

म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीस्थित नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन् । नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा सोमबार दिउँसो अचानक बाढी आउँदा रघुगंगा-६, कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जालाई बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी अर्की […]

भिरबाट लडेर मृत्यु

२३ जेठ, सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली-१ कल्खे गाउँका दानीको मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए । कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको […]

अनलाइनको माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ

२२ जेठ, काठमाडौं । अनलाइन माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका ९ रासा घर भइ भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षका दिनेशकुमार राउत रहेका प्रहरीले जनाएको छ । राउतले टिकटकमार्फत साथी बनेर एक जना युवतीसँग फेसबुक म्यासेञ्जर, ह्वाट्स एप तथा इमोमा पनि साथी बनेको र अनलाइनबाट […]