उदयपुरका १३ वर्षीय बालक ३ दिनदेखि बेपत्ता

२२ जेठ, काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका-१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन्। बेपत्ता बालकका दिदी उर्मिला कटुवाल (खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुलबाट घर फर्कंनासाथ स्कुलकै पोशाकमा आफ्ना अरु कपडा बोकेर घरबाट […]

अनलाइनबाट ठगी गरेको आरोपमा सप्तरीका एक युवक पक्राउ

१८ जेठ, काठमाडौं। अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्ने २३ वर्षीय युवक धर्मेन्द्र कुमार साह रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान […]

कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्दै

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा सोमबार सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको […]

कालिकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु

कालिकोट- कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका-५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते भएकी थिइन् । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कणर्ाली प्रदेश अस्पताल सुर्खेत रिफर […]

सिरहामा पेस्तोल र गोलीसहीत पक्राउ

२२ जेठ, सिरहा। प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका-६ रंगीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनलाई सिरहाको औरही गाउँपालिका-१ गंगान पुलबाट आइतबार साँझ प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरी उनको साथबाट पेस्तोल १ थान, सोको म्यागजिन १ थान र पेस्तोलको गोली […]

विश्व वातावरण दिवस मनाउँदै

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष […]

पाल्पामा जिप दुर्घटना हुदा २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

२२ जेठ, बुटवल । पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २ वर्षीय बालक […]

प्रेमराज महतको ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

दुलेगौडा । तनहुँमा जन्मिएर हाल अमेरिका बस्दै आएका वरिष्ठ लोकगायक प्रेमराज महतको नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ । उनकै शब्द तथा सङ्गीत रहेको उनलाई स्वरमा गायिका शान्तिश्री परियारल पनि साथ दिएकी छन् । गीतको भिडियो भने जुम्लाका विकट पहाडी क्षेत्रमा भएको छ । भिडियोमा गायक महतसँग रीना थापा मगरले अभिनय छ […]

हिमाल जोगाउन नसके पर्यटन क्षेत्र संकटमा पर्ने चिन्ता

पोखरा । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्नेको लर्को छ । हिमाल भनेकै सर्वोच्च शिखर सगरमाथा भन्ने बुझाइ संसारकै मनस्थितिमा छ र आरोहण पारखीको रोजाइमा पनि सगरमाथा नै पर्छ । आरोहणको गर्विलो इतिहास बोकेर अन्नपूर्ण प्रथम हिमाल भने ७३ वर्षदेखि ठिंग उभिएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलो […]

छुवाछुत अन्त्यका लागि तनहुँमा रक्तदान, १०२ युनिट रगत संकलन

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा ‘हाम्रो दलित समाज’ले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् । जातीय रुपमा हुने विभेद तथा छुवाछुतको अन्त्य गर्ने उदेश्य सहित सम्पन्न भएको कार्यक्रममा दलित र गैरदलित समुदायका व्यक्तिहरुले सामुहिक रुपमा जम्मा भएर रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी कास्की र रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक […]

विभेद उन्मूलनका लागि रक्तदान गरिने

दुलेगौँडा । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा आईतबार तनहुँ शुक्लागण्डकी नगरपालिकामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । ‘हाम्रो दलित समाज’ शुक्लागण्डकी नगरपालिकाको आयोजनामा विद्यमान रक्तअभावलाई पूर्ति गर्नुका साथै समाजमा हुने विभेदलाई अन्त्य गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका संयोजक भरत लामगादेले जानकारी दिए । कार्यक्रम मार्फत समाजका सवै वर्ग र समुदायको […]

भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

२० जेठ, भक्तपुर । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीमा सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको […]

गुल्मीमा गाँजा र मर्चा नष्ट

२० जेठ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाका विभिन्न स्थानबाट मर्चा र गाँजा बरामद गरी नष्ट गरेको छ । प्रहरीले मुसिकोट नगरपालिका-५ इन्ऽेगौडा बजारस्थित सडक छेउमा बेवारिसे ६ वटा प्लाष्टिकको बोरामा १०३ के.जी. घरेलु जाँड बनाउन प्रयोग हुने वस्तु (मर्चा) फेला पोरेको थियो । त्यस्तै रेसुङ्गा नगरपालिका-४ स्थित रैदीबाट बरामद गरिएको ४ के.जी.७८२ ग्राम […]

भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने

२० जेठ, काठमाडौं । भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको भारतीय दूतावासले शनिबार विज्ञप्ति मार्फत जनाएको छ । ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’ शनिबार भारतीय दूतावासका […]

गण्डकीका सांसदलाई ७२ करोड बजेट बाँड्दै प्रदेश सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले अनुत्पादक भनेर आलोचित संसद् विकास कोषलाई कटौती नगर्ने संकेत देखिएको छ । आम बुझाइमा संसद् विकास कोष भनिए पनि पूर्वाधार विकास कार्यक्रम भनेर सांसदका योजनामा खर्च गर्न सरकारले बजेट दिने गरेको छ । उक्त कार्यक्रमअनुसार गण्डकीमा ३६ निर्वाचन क्षेत्रका दरले ७२ करोड बाँड्ने कार्यक्रम बजेटमा समावेश हुने देखिन्छ । ‘केन्द्रमा […]

रुखबाट खसेर एकको मृत्यु

शनिबार, जेठ २०, २०८० १२ः५१ काठमाडौं- रुखबाट खसेर बाजुरामा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका-९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन्। रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए।

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड-१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण दर न्यून […]

भारतको ओडिशामा रेल दुर्घटना २८० को मृत्यु , ९०० बढी घाइते

भारतको ओडिशाको बालासोरमा तीनवटा रेल एकआपसमा ठोक्किएपछि भयानक दुर्घटना भएको छ । जसमा अहिलेसम्म २८० जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएको बताइएको छ । शुक्रबार साँझ ७ बजे चेन्नईबाट हाउडा गइरहेको शालीमार चेन्नई कोरोमन्डल एक्सप्रेस बहानगानजिक मालगाडीसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ। मालगाडीसँग ठोक्किएपछि उक्त रेलको अगाडिका डिब्बा पटरीबाट खसेको थियो। […]